रोकिएन कोरोना कहर : एकैदिन अहिलेसम्मकै धेरै २ लाख ८४ हजार संक्रमित थपिए

काठमाडौं । गत वर्षको दिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण विश्वमा बढ्दै गएको छ । विश्वभर फैलिएको यो भाइरसबाट शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २ लाख ८४ हजार १९६ संक्रमित भएका छन् । यो एकैदिन संक्रमित देखिएको अहिलेसम्मकै धेरै संख्या हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार २ लाख ४७ हजार २२५ कोरोना संक्रमित थपिएका थिए । शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २ लाख ८४ हजार १९६ संक्रमित थपिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५२ लाख ९६ हजार ९२६ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख २८ हजार ९०३ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds