Tag Archives: mainnews

कोरोना संक्रमण बढिरहे नयाँ निर्णय लिने तयारी

काठमाडौं । लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले नयाँ निर्णय लिनेबारे तयारी थालिएको छ । संक्रमण नघटे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड९१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिले छलफल थालेको हो । समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गर्यो । साउन ६ गते लकडाउन सकिएको घोषणा गर्दा मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० थियो । तर पछिल्ला १० दिनमा १९ जनाको मृत्यु भइसकेको छ । …

पुरा पढ्नुहॊस »

सांसद प्रदीप यादवलाई देखियो कोरोना, अंगरक्षक र चालकमा पनि संक्रमण पुष्टि

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराए । उनले फेसबुकमा लेखेका छन्, ‘मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर राखेको छु ।’ लामो स्टेटसमा उनले सबैलाइ सुरक्षित हुन आग्र गरेका छन् । उनले आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट …

पुरा पढ्नुहॊस »

गुल्मीमा पहिरो: १० महिने शिशुसहित एकै परिवारका चार जनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा गएराति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । बेलुकी ५ बजेदेखि अविरल वर्षा …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थपिए ३८ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार  काठमाडौंका ३२ जना, ललितपुरमा ५ जना र  भक्तपुरमा १ जना गरी  जम्मा ३८   जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ५६ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  १४ हजार ३ सय  ९९ जना उपचारपछि निको …

पुरा पढ्नुहॊस »

थप २२४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ७ सय ७१ जना पु्ग्यो

काठमाडौं । आज शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप २२४  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ५६ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  १४ हजार ३ सय  ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

पाटन अस्पतालमा ६५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  ती महिला वीरगन्जबाट काठमाडौं आएपछि रुघाखाेकी लगायत समस्या देखिएपछि उनी  साउन ६ गते जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । उनलाई स्टार अस्पतालमै आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

पुरा पढ्नुहॊस »

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कोरोना संक्रमणबाट मृत्यु भएको छ । ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । वीरगञ्ज–११ श्रीपुर बस्दै आएका उनी भारतीय नागरिक हुन् । मृतक लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । संक्रमण पुष्टि भएपछि उनी गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए । कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार उनको मुटुको …

पुरा पढ्नुहॊस »

निजी अस्पताललाई पनि कोरोना उपचार अनुमति, कति लाग्छ शुल्क ?

काठमाडौं । सरकारले कोभिड-१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड-१९ को उपचार गर्न दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार सङ्क्रमित व्यक्ति र अस्पतालको सहमतिमा उपचार गर्न पाउनेछन् । सरकारले नेपालमा कोभिड-१९ को सङ्क्रमण देखिएपछि मुलुकभर २५ वटा अस्पताललाई कोभिड-१९ को उपचार गर्न अनुमति दिएको थियो । यसरी उपचार गर्दा सामान्य लक्षण भएका …

पुरा पढ्नुहॊस »

विश्वभर १ करोड ९ हजारभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ९ लाख हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ९ लाख २७ हजार ८ सय जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट …

पुरा पढ्नुहॊस »

विद्यार्थीको स्वाव लिँदा पोजेटिभ देखिए क्वारेन्टिन राख्ने कि परीक्षा हल ?

कोरोना महामारी नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ बाट सुरु गरेको लकडाउन करिब ४ महिना पछि (श्रावण ७ गते) बाट आंशिक रुपमा खोल्यो । आर्थिक तथा सामाजिक गतिविधि सुचारु गर्नका लागि समाजिक दुरी लगायत केही नियम बनाएर लकडाउन खोलियो । छोटो दुरीको (जिल्लाभित्र) सार्वजनिक सवारी सधान सूचारु गरेको सरकारले भाद्र १ बाट लामो दुरीका सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिन चैत्र ५ गतेबाट शुरु …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds