विश्वभर १ करोड ९ हजारभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ९ लाख हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ९ लाख २७ हजार ८ सय जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ६ लाख ७५ हजार ७ सय ६२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ७४ लाख ५६ हजार ४९१ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ५३ हजार ८ सय २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ४६ लाख ३४ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ३ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ४६५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या २६ लाख १३ हजार ७८९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ५५४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९१ हजार ३७७ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार ७८६ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार २४९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ३९ हजार ३५० पुगेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस