पाटन अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दोलखा ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले दिएको जानकारीअनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी महिला र साउन ३० गते भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री