काठमाडौं उपत्यकामा २१६ सहित थप ६३४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १८२ महिला र ४५२ पुरुषसहित ६३४ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १८ हजार ३५० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उपत्यकामा २१६ संक्रमित थपिए
आज काठमाडौँ उपत्यकामा आज २१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जना संक्रमित भेटिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस