चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोग अनुमति

काठमाडौँ । नेपालमा चीनमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । चाइनिज सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।

यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन हुने गरेको छ । औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले बुधबार सशर्त आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । विभागको यो निर्णयसँगै नेपालले आपत्कालीन प्रयोगको अनुमति दिएका खोपको संख्या दुई पुगेको छ ।यसअघि विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको थियो । नेपालमा भारतले नेपाललाई १० लाख डोज खोप अनुदानका रुपमा उपलव्ध गराइसकेको छ । कोभिसिल्ड नामको सो खोप अहिले नेपालमा लगाउने अभियान जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस