काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव) २०८०/ ०८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ५८ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४३.६६ प्रतिशत बढी भएको हो ।अघिल्लो आवमा कम्पनीले ४० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको सञ्चालन नाफा ४३ प्रतिशत र खुद ब्याज आम्दानी ११ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवका कम्पनीको सञ्चालन नाफा ५७ करोड ८९ लाख रहेकोमा गत वर्ष बढेर ८३ करोड १७ लाख पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षमा १ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा गत वर्ष बढेर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने अघिल्लो आवको तुलनामा बढेको छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २.३९ प्रतिशत रहेकोमा गत वर्ष बढेर ४.६६ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको लाभांश क्षमता ६४.४३ प्रतिशत छ । कम्पनीले रिटेन्ड अर्निङमा ८६ करोड ८२ लाख र सञ्चितकोषमा १ अर्ब ४३ करोडभन्दा बढी सञ्चिती गरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३३.९१ गुणा र प्रतिशेयर नेटवर्थ २७१.०३ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी छ ।
प्रतिकृया दिनुहॊस