Tag Archives: featured

राष्ट्रिय वाणिज्य बैंकको ल्यायो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गाडी किन्नलाई ऋण उपलब्ध गराउने भएको छ । बैंकले ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ योजना अन्तर्गत कर्जा दिने भएको हो । बैंककाअनुसार यहि १ गतेदेखि लागू भएको अफर योजना कार्तिक मसान्तसम्म जारी रहनेछ । ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ ।

पुरा पढ्नुहॊस »

नबिल बैंकको ‘नियो बैंक’ सेवा : ३० सेकेन्डमै खुल्छ खाता, फोनबाटै पाइन्छ लोन

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक सञ्चालनमा ल्याएको एनबैंक (नियो बैंक) सेवा प्रभावकारी बन्दै गएको छ । एनबैंकमा डिजिटल भुक्तानी र रकम जम्मा गर्ने मात्रै होइन बचत÷निक्षेप संकलन, कर्जा प्रवाह, रेमिट्यान्स आप्रवाह, कार्ड र मार्केट प्लेससम्बन्धी सुविधा पनि छ । २०२२ डिसेम्बर २२ मा एनबैंकलाई नबिल बैंक भित्रको भर्चुअल बैंक भनेर सार्वजनिक गरिएको थियो । त्यसपछि त्यहाँबाट नविल बैंकका अधिकांश सेवा एप्समार्फत नै प्रदान गर्ने प्रयास गरिँदै …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ …

पुरा पढ्नुहॊस »

आइएमई लाइफ इन्स्योरेन्सको उपप्रमुख कार्यकारी अधिकृतमा अमात्य र पौडेल नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । अमात्यले साउन १ गतेदेखि र खिलेन्द्र पौडेलेले भदौ ५ गतेदेखि उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आइएमई लाइफ इन्स्योरेन्समा प्रवेश गरेका हुन् । कम्पनीको उप प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनुअघि अमात्य भने सोही कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए । जीवन …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको नयाँबानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको नयाँबानेश्वस्थित साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ । नवनिर्मित भवनबाट सेवा सुचारु गर्दै कम्पनीका अध्यक्ष डा बाल गोपाल वैद्यले बैंक विश्वासको सहयात्री भएको उल्लेख गर्दै ग्राहकलाई सरल, उत्कष्ृट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने योजना रहेको बताए । साथै सोही अवसरमा कम्पनीले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ …

पुरा पढ्नुहॊस »

आइएमई लाइफ इन्स्योरेन्सको नायव सीईओमा खिलेन्द्र पौडेल नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्सुरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।आइएमई लिमिटेड र जीएमईको मर्जरपछि पौडेल आइएमई लिमिटेडको सीईओबाट बिदा भएर आइएमई लाइफमा प्रवेश गरेका हुन् । आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका उनको रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा अनुभव छ ।आइएमई ग्रूपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसनलगायतका कम्पनी …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस बीच वित्तीय कार्यक्रम सञ्चालन गर्न सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्याङजा जिल्लाको चापाकोट क्याम्पस बीच वित्तीय साक्षरता लगायतका विभिन्न अवसर प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । चापाकोट नगरपालिका ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ्ग करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा कम्पनीका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् । …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा यूरो र बेलायती पाउण्ड बढेको छ  । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७८ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड …

पुरा पढ्नुहॊस »

नेपालभर ८ सयभन्दा बढी बिक्री भयो नेटा भी

काठमाडौं । सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी कारले नेपाली बजारमा राम्रो व्यवसाय गरेको छ। छोटो समयमै नेपालमा ८ सयभन्दा बढी नेटा भी बिक्री भएको हो। कम्पनीका अनुसार उच्च प्रस्तुति, विश्वासिलो र वातावरणमैत्रीजस्ता विशेषताले नेटा भीलाई ग्राहकले बढी रुचाएका हुन्। हरेक नेटा भीमा उन्नत प्रविधि र असाधारण इन्जिनियरिङ रहेको कम्पनीको दाबी छ। यसले ड्राइभिङमा फरक अनुभव दिने कम्पनीको भनाइ छ। नेटा भीमा ४०.७ केडब्लु ब्याट्री, ५० केडब्लुको मोटर रहेका …

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्ड सदस्यमा महानिर्देशक अवस्थी सिफारिस

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का महानिर्देशक गोकर्ण अवस्थी सिफारिस भएका छन् । अवस्थी नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष हुन् । एफएनसीसीआईका उपाध्यक्ष सुरकृष्ण वैद्य बोर्डमा हाल निजी क्षेत्रको प्रतिनिधिका रूपमा छन् । तर, व्यवसायी बोर्डको सदस्य हुँदा स्वार्थ बाझिने भन्दै विरोध भइरहेको छ । त्यसैलाई साम्य पार्न एफएनसीसीआईले महानिर्देशक अवस्थीलाई बोर्ड सदस्यमा पठाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले धितोपत्र ऐन संशोधन गर्न प्रतिनिधिसभामा …

पुरा पढ्नुहॊस »