अरुणिमा लम्सालले गरिन् कांग्रेस नेतासँग विहे

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले घरजम गरेकी छिन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी हुन् ।

दुवैले काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लगनगाँठो कसेका छन् । बिहेमा परिवार र निकट आफन्तहरु उपस्थित थिए । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अरुणिमाको दोस्रो विवाह हो ।

अरुणिका श्रीमान श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन् । बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । केही दिनअघि दुई जनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए । उनीहरुले मागी बिहे गरेको पारिवारिक स्रोतले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस