एनएमबी लघुवित्तले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने

काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने भएको छ । कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक स्वामत्विबाट ६० प्रतिशतमा झार्ने र सर्वसाधारण समूहतर्फको सेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशतमा बढाउने भएको हो ।

उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई कम्पनीले जानकारी दिएको छ । सेयर घटबढ गराउनेसम्बन्धी प्रस्तावमा निर्णय हुँदा कम्पनीको ११ औं वार्षिक साधारणसभाले पास गरिसकेको छ ।

सेयर घटाउने बढाउने सम्बन्धमा आवश्यक प्रक्रिया जारी रहेको जनाएको कम्पनीले प्रक्रिया पुरा गरेपश्चात मात्र स्वामित्व परिवर्तन हुने समेत जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds