झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा

काठमाडौँ । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौँ र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका थिए ।

बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।

त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने …

प्रतिकृया दिनुहॊस