फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रति तोला १ लह १२ हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री