काठमाडाैं । आइएमईले आफ्नो सेवा सुरू गरेको २२ वर्ष पुरा गरेको छ। यससँगै कम्पनीले २३ औं वर्षको सुरुआत गरेको हाे।
संसारभरका विभिन्न देशमा रहेका नेपालीहरूका लागि रेमिटेन्स प्रक्रिया सरल र द्रुत बनाउने उद्देश्यका साथ आइएमई स्थापना भएको हो। २३ औं वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड थप विश्वसनीय र बलियो कम्पनीका रूपमा स्थापित गर्ने कम्पनीका प्रबन्धक निर्देशक हेमराज ढकाल बताउँछन्।
वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याइ देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको समेत उनले बताए।
डिजिटल अर्थतन्त्रको इकोसिस्टममा प्रवेश गरेर आइएमईले सञ्चालनमा ल्याएको आइएमई पे मोबाइल वालेटमार्फत प्रयोगकर्ताहरूले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिटेन्स सेवाको लाभ लिन सक्छन्।
अबका दिनमा फिनटेकलाई अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरण तर्फ लैजाने कम्पनीले घोषणा गरेको छ।
प्रतिकृया दिनुहॊस