Tag Archives: featured

सोमबार सुनको मूल्य १ लाख १५ हजार ४ सय

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको  छ।  आइतबार  १ हजार ४ सय १५ रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

आइएमई लाइफ इन्स्योरेन्सले क्रिकेट खेलाडीको २५ लाखको म्यादी जीवन बीमा गर्ने

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले टी-२० क्रिकेट टोलीलाई २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ। शुक्रवार नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद अवसरमा कम्पनीले २५ लाख बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने निर्णय गरेको हो। कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरूप खेलाडीहरूलाई सो जीवन बीमा प्रदान गर्ने जनाएको छ। इन्स्योरेन्सले ‘टी–२० विश्वकप फाइनल एशिया’ …

पुरा पढ्नुहॊस »

पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा सवा ४० करोड

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ४० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.७० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा २३ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब २४ …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको खुद नाफा ४६.७० प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा बढेको छ। यसअवधिमा खुद नाफा ४६.७०% ले बढेर १ अर्ब ३ करोड कायम भएको छ। गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २९.१५% र ५१.३२% ले बढेको छ। यसले गर्दा बैंकको नाफा बढ्न टेवा पुगेको छ। प्रभुको चुक्ता पुँजी २३ अर्ब …

पुरा पढ्नुहॊस »

तिहारको तयारी, अब भेटायोको जिम्मेवारी

काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर४५०० रूपैयाँ मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ । यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काम , …

पुरा पढ्नुहॊस »

१० नेपाली विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिए

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसंगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम आयोजना गर्दै आएको छ । सोहि कार्यक्रमको लागि १० जना नेपाली विद्यार्थीहरुले भाग लिने अवसर पाएका छन् । यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको थियो । यसै बीच, विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गरे । त्यहाँको कक्षाहरूमा संलग्न भए र विभिन्न गतिविधिमा भाग …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमईले घोषणा गर्‍यो ९ प्रतिशत लाभांश

काठमाडौँ । ग्लोबल आईएमई बैंकले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यस्तै, बैंकले लगानीकर्तालाई १ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । नगद लाभांश र बोनस सेयर गरी कम्पनीले कूल ९ प्रतिशत लाभांस वितरणको घोषणा गरेको हो । कम्पनीको ४२९ औँ सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र …

पुरा पढ्नुहॊस »

कामना सेवाको १६ वर्ष पुरा : फुटसल कपसहित विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरि १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरू शनिवार सम्पन्न गरेको छ । सो अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउँदै उपाधि जितेको छ । त्यसैगरि महिला तर्फको फाइनल खेलमा माछापुच्छ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २–० ले हराउँदै उपाधि …

पुरा पढ्नुहॊस »

मधेस प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित बरियारपुर रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् । सो क्रममा मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए …

पुरा पढ्नुहॊस »