Tag Archives: featured

आइएमईबाट सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

काठमाडौँ । आइएमईले विदेशमा रहेका नेपालीहरूले आफ्नो सामाजिक सुरक्षा कोष (SSF) मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । वि देशमा रहेका नेपालीहरूले अव विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्नेछन्। यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोष (SSF) लाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्ने कम्पनीमा आइएमई पहिलो बनेको छ । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहेका …

पुरा पढ्नुहॊस »

‘माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग’

काठमाडाैँ । नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धी हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ। नेपालमा घरायसी सामग्रीहरूका बजारमा …

पुरा पढ्नुहॊस »

आज सुनको मूल्य स्थिर, चाँदी बढ्याे

काठमाडाैँ । साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। शुक्रबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। शुक्रबार १ हजार ४ सय २५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ३० …

पुरा पढ्नुहॊस »

फरक क्षमता भएका महिला सदस्यहरूसहित कलंकीमा खुल्यो ‘विशेष केएफसी’

काठमाडौँ । सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. ले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला सदस्यद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी कलंकीमा सञ्चालनमा ल्याएको छ । रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका जोसपूर्ण र समर्पित महिलाहरूको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न सीपहरूले प्रशिक्षित छ । व्यापक प्रशिक्षणको साथ, केएफसीले ग्राहकहरूलाई यस विशेष टोलीद्वारा सेवा दिने सुनिश्चित गरेको छ । केएफसी इन्डिया र …

पुरा पढ्नुहॊस »

भिभोको वाई १७ एस सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनीले नवीन तथा आकर्षक विशेषता भएको वाई १७ एस शुलभ मूल्यमा सार्वजनिक गरेको जनाएको हो । यो स्मार्टफोनले प्रयोगकर्ताहरुलाई आकर्षित गर्दै बजारमा हलचल ल्याउने भिभोको दाबी छ । भिभो वाई १७ एसमा मुलभुत रुपमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ । स्टाइल र कार्यक्षमता दुवैलाई सहज रूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकले ट्राफिक प्रहरीलाई दियो वित्तीय साक्षरता तालिम

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रामशाहपथमा आज वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । ट्राफिक प्रहरीहरूलाई बैङ्किङ प्रणाली, बचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो । बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशील पौडेलले बचतको महत्त्व, दैनिक जीवनमा गरिने बचत व्यवहार, कर्जा सम्बन्धी कारोबार, …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैङ्कको २६ औँ वार्षिक साधारण सभा आश्विन २८ मा

काठमाडाैँ । एनआई सी एशिया बैङ्क लिमिटेडका २६औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते हुने भएको छ । काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट साधरणसभा सुरु हुने बैङ्कले जनाएको छ । साधारण सभामा गत आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका …

पुरा पढ्नुहॊस »

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गर्‍यो दोस्रो सेल्स कन्भेन्सन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले दोस्रो ‘सूर्यज्योति सेल्स कन्भेन्सन’ सम्पन्न गरेको छ। देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरू सहित करिब २०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन भव्यताका साथ सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भट्टराई, सदस्यहरू नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार …

पुरा पढ्नुहॊस »

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को अध्यक्ष पदमा नियुक्त भएका छन्। न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए। नवनियुक्त अध्यक्ष विश्वम्भर न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरे। विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा …

पुरा पढ्नुहॊस »

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्रोपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा …

पुरा पढ्नुहॊस »