काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कँडेल, एरिया म्यानेजर इसा प्रधान लगायतको उपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकले सुरु गर्यो भिडिओ केवाईसी सेवा, कसरी लिने?
काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै भिडिओ केवाईसी सेवा सुरु गरेको छ। उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडिओ केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन्। यस भिडिओ केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्नेछैन। यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता …
पुरा पढ्नुहॊस »शुक्रराज ट्रपिकल अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ। अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो। बैंकले बुधबारदेखि नै काउन्टरले सेवा सुरु गरेको छ। अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गरिने बैंकले जनाएको छ। सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान …
पुरा पढ्नुहॊस »यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ । …
पुरा पढ्नुहॊस »ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा पाँचथरको डेरी बजारमा
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरूको सङ्ख्या २७५ पुगेको छ । शाखा रहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले संयुक्तरुपमा गरेका थिए । शाखा रहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले …
पुरा पढ्नुहॊस »मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौँमा प्रदर्शन
काठमाडौँ । मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौँमा प्रदर्शन भएको छ । इम्पल्स एनजीओ नेटवर्कले काठमाडौँमा मानव बेचबिखन बारे डकुमेन्ट्री फ्रम द स्याडोज’ वृत्तचित्र प्रदर्शन गरेको हो । मानव बेचबिखन तथा शोषण विरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसको प्रदर्शन गरिएको थियो । इम्पल्स एनजीओ नेटवर्कको कन्ट्री पार्टनर मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, नेपाल इन्टरनेट फाउन्डेसन, सनवे कलेज, सेन्ट जेभियर कलेजको सहकार्यमा वृत्तचित्र प्रदर्शन …
पुरा पढ्नुहॊस »नेपाल एसबिआई बैंक लिमिटेडद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोक कुमार चौधरीको नेपाल भ्रमणका दौरान वृक्षारोपण गरिएको हो । चौधरीले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य …
पुरा पढ्नुहॊस »रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ हुने
काठमाडौँ । रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुलमा हुन लागेको हो । यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकले बोलायो वार्षिक साधारणसभा
काठमाडौ । कृषि विकास बैंकले लाभांश प्रस्ताव नगरी वर्षिक साधारण सभा बोलाएको छ । फागुन ३० गते सत्रौं सधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । फागुन १६ गते शुक्रबार परेकाले सेयर कारोबार हुँदैन । सभामा गत …
पुरा पढ्नुहॊस »मंगलबार कति छ सुनचाँदीको भाउ ?
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ स्थिर छ । सोमबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहॊस »