माछापुच्छ्रे बैंकले सुरु गर्‍यो भिडिओ केवाईसी सेवा, कसरी लिने?

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै भिडिओ केवाईसी सेवा सुरु गरेको छ। उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडिओ केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन्।

यस भिडिओ केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्नेछैन। यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडिओ केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नेछन्।

साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडिओमार्फत गर्न सकिनेछ। हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भिडिओ केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नुपर्ने झन्झट हटेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री