सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरूलाई सहयोग प्रदान

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कँडेल, एरिया म्यानेजर इसा प्रधान लगायतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफद्वारा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क …

प्रतिकृया दिनुहॊस