भारतको रिजर्भ बैंकका गभर्नरले राजीनामा दिए

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर उरजित पटेलले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै सोमवारदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

उनलाई भारतीय मन्त्रिपरिषद सचिवको नेतृत्वमा रहेको फाइनान्सियल सेक्टर रेगुलेटरी एपोइन्टमेन्ट सर्च कमिटीले सिफारिश गरेपछि सरकारले एक वर्षअघि वि.सं. २०७३ को भदौमा पटेललाई तीन वर्षका लागि गभर्नरमा नियुक्ति दिएको थियो । राजीनामा दिँदै पटेलले एक वर्षभन्दा बढी अवधिदेखि आरबीआईको गभर्नरमा रहँदा बैंकलाई थप प्रभावकारी बनाउन उल्लेख्य काम गरेका कर्मचारी, अधिकृत, व्यवस्थापन तथा सञ्चालक समितिलाई धन्यवाद दिए ।

पटेल वरिष्ट अर्थशास्त्री, परामर्शदाता तथा बैंकर पनि हुन् । उनले सन् २०१३ देखि आरबीआईको मौद्रिक नीति विभागको जिम्मेवारी निभाएका थिए । पटेलले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९८६ मा एमफिल र सन् १९९० मा याल विश्वविद्यालबाट अर्थशास्त्रमा विद्यावारिधि गरे । ५४ वर्षीय पटेलले भारतको ऋण तथा मुद्राको विकासका लागि सुझाव दिने सल्लाहकारका रुपमा पनि लामो समय काम गरेका थिए । उनले अन्तराष्ट्रिय मुद्रा कोषमा पनि सन् १९९० देखि १९९५ सम्म काम गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस