बैंक अफ काठमाडौं आईएमई पे वालेटमा आबद्ध

काठमाडौं । आर्इएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाडौं लिमिटेडकाे खातामा लिङ्क गरी आइएमई पे वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काठमाडौंले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।

साथै बैंक अफ काठमाडौंका  सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । यससँगै आर्इएमई ग्रुपले प्रवर्द्धन गरेकाे ‘आर्इएमई डिजिटल’ र बैंक अफ काठमाडाैंबीच ‘आर्इएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ । बैंक अफ काठमाडौं लिमिटेड ‘आर्इएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस