ग्लोबल आइएमईको १५ लाख युनिट ऋणपत्र फागुन १५ देखि खुल्दै, १०.२५% ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंकले फागुन १५ गतेदेखि १५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बैंकले ३० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएपनि ३ हजार कित्ता मात्र बाँडफाँट भएको छ । सामूहिक लगानी कोषहरुले नकिनेको २७ हजार इकाई पनि थप गरी सर्वसाधारणलाई कुल ५ लाख ९७ हजार इकाई बिक्री गर्न लागिएको हो ।
कुल जारी इकाईमध्ये ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ । ग्लोबल आइएमईले ‘१०.२५%  ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०।८१’ जारी गर्न लागेको हो । वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म आवेदन दिन सकिनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस