काठमाडौँ । सिटिजन्स बैंकले आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले उक्त संस्थालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ ।
यस प्रकारको सहयोगबाट महिलातथाबालबालिकाको सशक्तिकरण, सबलिकरण तथाचौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
तपाईंको प्रतिकृया




