काठमाडाैँ । नेपाल बैकले चालु आर्थिक वर्षको कार्यसम्पादन सम्वन्धी अर्धवार्षिक समीक्षा गोष्ठी काठमाडांैमा सम्पन्न गरेको छ । गोष्ठीको समापन समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले नेपाल बैकले हाँसिल गरिरहेका उत्शाहजनक उपलव्धिको लागि सबैलाई धन्यवाद दिंदै पछिल्ला वर्षहरुमा बैकिङ क्षेत्रले गरेको मुनाफामा उद्यमी, व्यवसायी, संचार क्षेत्र र नियामक निकाय लगायतका सरोकारवालाहरुले आशंकको दृष्टिले हेर्ने गरेकामे बताउँदै आगामी दिनमा नियमन अरु कडा हुन सक्ने र बैकिङ क्षेत्रमा ठूलै समस्या आउन सक्ने भन्दै सम्भाव्यजोखीम प्रति सजग रहनुपर्ने आवश्यकता बताए । उनले नेपाल बैकको आगामी व्यवस्थापनले अवका दिनमा बैकको नाफालाई दिगो गराउन श्रोत परिचालन, व्यावसायिक कारोवारको आकार तथा उत्पादकत्व वृद्धिको लागि उच्चतम व्यवस्थापकीय शीप र कौशलको अभ्यास गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले बैक शाखा र कारोवार विस्तारको क्रममा रहेको सन्दर्भमा सबै शाखाबाट प्रविधियुक्त प्रभावकारी सेवा प्रवाह गरेर ग्राहक सन्तुष्टी अभिवृद्धिमा सक्रिय रहनु पर्ने रहेको बताउँदै सम्वन्धित प्रदेशमा रहेका व्यावसायिक सम्भावनाहरु पहिचान गरी त्यसको विकासमा सक्रियता देखाउन प्रदेश प्रमुखहरुलाई आग्रह गरे ।
नेपाल बैकको संस्थागत योजना तथा अनुसन्धान विभागको आयोजनामा सम्पन्न उक्त गोष्ठीमा नायव प्रमुख कार्यकारी अधिकृत राजुनाथ खनाल, सहायक प्रमुख कार्यकारी अधिकृत द्वय कृष्ण बहादुर अधिकारी र लक्ष्मण पौडेल, प्रधान कार्यालयका विभागीय प्रमुखहरु र बैकका ७ वटै प्रादेशिक कार्यालय प्रमुखहरु लगायतका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहॊस