Tag Archives: featured

एनआईसी एसिया बैंककाे ऋणपत्र निष्कासन, १० प्रतिशत ब्याज दिने

काठमाण्डाै । एनआईसी एसिया बैंक लिमिटेडले बिहीबार ‘एनआईसी एसिया डिबेन्चर २०८५-८६’ बिक्रीको लागि सार्वजानिक आह्वान गरेको छ । १० प्रतिशत वार्षिक ब्याजदर दिने गरी १ हजार रुपैयाँ प्रतिकित्ताको दरले ४० लाख कित्ता रहेको ४ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्रको ब्याज ६ ६ महिनामा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ । ४ अर्बको ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैपाँ बराबर व्यक्तिगत तवरमार्फत निष्कासन गरिएको …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंकका ग्राहकलाई ब्लू क्रस अस्पतालमा आकर्षक छुट

काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र ब्लू क्रस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र ब्लू क्रस अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ब्लू क्रस अस्पतालले कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए …

पुरा पढ्नुहॊस »

सिद्धार्थ इन्स्योरेन्सद्वारा तीन नयाँ बीमा सेवा थप

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतन लाल केडियाद्वारा संयुक्त रुपमा यी बीमा सेवाहरुको शुभारम्भ भयो । सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमालेख हो । बीमालेखले बीमितको साथै नीजको पतिको समेत दुर्घटना बीमा जोखिम बहन गरेको  छ । यसको साथसाथै  बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत …

पुरा पढ्नुहॊस »

जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने

काठमाडौं । जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि एक संझौतामा हस्ताक्षर भएको छ । जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने भएको हो । संझौता अनुसार नेपाल भलिबल संघल एन.भी.ए. अवार्ड सेरेमोनी मा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार २ लाख (प्रति टिम १ लाख) जनता बैंकले प्रायोजन गर्नेछ । साथै …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना

काठमाडौं । सिटिजन्स बैंकले क्यास ब्याक (नगदफिर्ता) योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पिओएस  वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत नगद फिर्ता प्राप्त गर्न सकिनेछ । नगद फिर्ताको सीमा प्रति  दिन ५ सय र प्रति महिना रु ३ हजारसम्म रहनेछ । यो योजना सिमित अवधीको लागी लागु हुने बैंकले जनाएको छ । बैंकले आफ्नो ग्राहक वर्गहरुलाई …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकद्धारा नेपाल क्यान्सर हस्पिटललाई सहयोग

काठमाडौं । सेञ्चुरी बैंकले नेपाल क्यान्सर हस्पिटललाई सहयोग प्रदान गरेको छ । नेपाल क्यान्सर सर्पोट ग्रुप  र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा बैंकले रु ५० हजार आर्थिक सहयोग गरेको हो  ।उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट  ग्रुपको नाममा चेक हस्तान्तरण गरेको थियो ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेशबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेश इन्नोभेसनबीच  सम्झौता भएको छ । उक्त  सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्री बिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधीबीच  हस्ताक्षर गरिएको थियो । उक्त सम्झौता अनुसार   बैंकिङ च्यानेल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ । बैंकिङ च्यानल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गर्ने भएको छ ।    

पुरा पढ्नुहॊस »

भीभो वाई सिरिजका नयाँ स्मार्टफोनहरु ‘बिगर ब्याट्री मोर फन’

काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि जनवरीको अन्तिममा  बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउँनेछ । भीभोको वाई सिरिजमा वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ । भीभोले यी फोनहरुको स्लोगन बिगर ब्याट्री, मोर फन राखेको छ । भीभोका …

पुरा पढ्नुहॊस »

सहारा विकास बैंकले २३ प्रतिशत बोनस वितरण गर्दै

काठमाडौं । सहारा विकास बैंकले ७ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।  बैंकको सञ्चालक समितिको बैठकले माघ २३ गते साधारणसभा आह्वान गरेको हो । सभामा बैंकले चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८ सय रुपैयाँको २३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

पुरा पढ्नुहॊस »

शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको सचिवमा प्रकाश पौडेल नियुक्त

काठमाडौं । शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको कम्पनी सचिवमा प्रकाश पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिले  बसेको बैठकले प्रमुख कार्यकारी अधिृकत पौडेललाई कम्पनी सचिव नियुक्त गरेको हो ।

पुरा पढ्नुहॊस »