एनआईसी एसिया बैंककाे ऋणपत्र निष्कासन, १० प्रतिशत ब्याज दिने

काठमाण्डाै । एनआईसी एसिया बैंक लिमिटेडले बिहीबार ‘एनआईसी एसिया डिबेन्चर २०८५-८६’ बिक्रीको लागि सार्वजानिक आह्वान गरेको छ ।

१० प्रतिशत वार्षिक ब्याजदर दिने गरी १ हजार रुपैयाँ प्रतिकित्ताको दरले ४० लाख कित्ता रहेको ४ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्रको ब्याज ६ ६ महिनामा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ ।

४ अर्बको ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैपाँ बराबर व्यक्तिगत तवरमार्फत निष्कासन गरिएको छ । त्यस्तै बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबर भने सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरिनेछ ।

यसरी निष्कासित ऋणपत्रको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त ऋणपत्रको माघ १३ गतेदेखि सर्वसाधारणको लागि बिक्रि खुला हुनेछ भने छिटोमा  १६ गते र ढिलोमा फागुनको १३ गतेसम्म खुल्ला रहने छ ।

उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (ल्भ्एक्भ्) मा सूचीकरण गरिने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after