जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने

काठमाडौं । जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धि एक संझौतामा हस्ताक्षर भएको छ । जनता बैंकले सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन गर्ने भएको हो ।

संझौता अनुसार नेपाल भलिबल संघल एन.भी.ए. अवार्ड सेरेमोनी मा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार २ लाख (प्रति टिम १ लाख) जनता बैंकले प्रायोजन गर्नेछ । साथै उक्त प्रायोजन आगामी ५ बर्ष सम्म उपलब्ध हुने बैंकले जनाएको छ ।

नेपाल भलिबल संघले विभिन्न संघसंस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले २०७४ साल देखि एन.भी.ए. अवार्ड प्रदान गर्दै आइरहेको छ । दोस्रो एन.भी.ए. अवार्ड कार्यक्रम यही माघ ११ गते आयोजना हुने भएको छ जसको प्रायोजन जनता बैंकल गरेको हो ।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी जनता बैंकले खेलाडीहरुलाई प्रदान गरिने बभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आइरहेको जनाएको छ ।

गत पौष १३ गते नेपाल राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)  ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदान गरिने गरी संझौता गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस