Tag Archives: featured

सिटिजन लाइफ इन्स्योरेन्सको शाखा बाराको कलैयामा

काठमाडौं ।  सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले आफ्नो ७३औं शाखा कलैया, बारामा संचालन गरेको छ । सो शाखाको उद्घाटन सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले  गरे । कलैयाका स्थानीय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँशाखा खोलिएको कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंक शाखा झापा अर्जुनधारामा

काठमाडौँ । सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालन गरेको छ । सो शाखाको उद्घाटन अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले  गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर राना मगरद्वारा “अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुलाई स्कुल पोशाक समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बैंकका प्रमुख माईक्रो बैकिङ युवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्व उद्योगी, …

पुरा पढ्नुहॊस »

एभरेष्ट इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट कुनै पनि बीमा लेख लिएका बीमितले काठमाडौं धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार गराउँदा स्वास्थ्योपचार सेवामा १० प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमईबाट सूर्या लाइफको बीमा सेवा पाइने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सूर्यलाइफ इन्सुरेन्स कम्पनीलि.बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र सूर्या लाईफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि.र सूर्या लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतामा बैंकले आफ्नो ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिने भएको छ । साथै बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त …

पुरा पढ्नुहॊस »

मेगा बैंकका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशत छुट, १ सय ६० वटै देशमा लागू हुने

काठमाडौँ । कतार एयरवेजले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच मेगा बैंकका ग्राहकहरुलाई कतार एयरवेजको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने भएको छ । यो छुट …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंकले शुक्रबारदेखि दुई अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेठ १० गते (शुक्रबार)देखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । सो मध्ये ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी १२ लाख कित्ता(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले जेठ १० गतेदेखि छिटोमा जेठ १४ गतेसम्म र …

पुरा पढ्नुहॊस »

१६ प्रतिशत बोनस पछि प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बिहीबार प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १६ प्रतिशत बोनस पछि सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३१८.९७ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३६७.४१ रुपैयाँ रहेको छ । मूल्य समायोजन पछि बिहीबारको कारोबारमा बैंकको सेयर मूल्य सामान्य ०.९७ अंकले घटिरहेकाे छ । याे समाचार तयार पर्दासम्म कम्पनीकाे सेयर मूल्य अघिल्लो दिनको तुलनामा  …

पुरा पढ्नुहॊस »

भरतपुर र नेशनल सिटी हस्पिटलमा कामना सेवा विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडाैँ । कामना सेवा विकास बैंकले भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि. सँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाद्धारा बालगृहलाई सहयोग

काठमाडाैँ । २५ औं वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले लुम्बिनी रोडमा अवस्थित सिद्धार्थ बालगृहमा सहयोग गरेको छ । वार्षिक उत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामान वितरण गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले बताए । कार्यक्रममा बोल्दै प्रमख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बालगृहमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले मन्दिरमा पूजा गर्नु भन्दा अभिभावकबिहीन बालबालिकालाई सहयोग …

पुरा पढ्नुहॊस »