गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार ‘Garima Road Race Competition-2081′ आयोजना गर्ने भएको छ ।

विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको Road Race Competition-2081 आयोजना गर्न गइरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।
खुल्लातर्फको १० किलोमिटर Road Race Competition-2081 मा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर Road Race Competition-2081 मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरूले मात्र सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

Garima Road Race Competition-2081 को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः ७५,०००, ६०,०००, ४५,०००, ३०,००० र १५,००० नगद पुरस्कार प्रदान गरिने छ ।

Garima Road Race Competition-2081 प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मिति २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिने बैंकले जनाएको छ । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक वर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको जनाएको छ ।

२०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गइरहेको विकास बैंकले सो अवसरमा काठमाण्डौंमा Garima Road Race Competition-2081 सहित देशभर १८ वटा फरक–फरक कार्यक्रम समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाउदैं आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ फाइदा एप’ संचालनमा, डिजिटल बैंकिङ्गमा नयाँ आयाम

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ आफ्नो मोबाइल बैंकिङ्ग …

प्रतिकृया दिनुहॊस