प्रहरीले ‘गुण्डा नाइके’ सत्यमान लामालाई समात्यो

काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ गरेको छ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाएका छन् । लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । सत्यमान दावा लामाका सहयोगी पनि हुन् ।

उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए । २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए ।

सत्यमान पटक–पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो । प्रवक्ता एसपी अधिकारीले पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु केबलकार र कुमारी क्यापिटलबिच सम्झौता सम्पन्न

काठमाडौँ । ४ वटा कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड र कुमारी …

प्रतिकृया दिनुहॊस