झापा । सिभिल बैंकले झापाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गर्दै कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले नेपाललाई समृद्धि तर्पत् लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीको निर्माण गर्न आग्रह गरे । कन्काईमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि खुशी …
पुरा पढ्नुहॊस »महोत्तरीमा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ सेवा, प्रतिनिधिको रुपमा यादव नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकले जेठ १० गतेबाट महोत्तरी जिल्लाको रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याइएको छ । यस शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले गरेका छन् । बैंकले उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेशकुमार यादवलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै, सो सेवाबाट बैंकिङ कारोबारको लागि …
पुरा पढ्नुहॊस »ओम डेभलपमेन्ट बैंकका सेयरधनीले १२ प्रतिशत बोनस नपाउने, यस्ताे छ कारण
काठमाडौं । ओम डेभलपमेन्ट बैंकका सेयरधनीले प्रस्तावित १२.७० प्रतिशत बोनस सेयर नपाउने भएका छन् । ओमले एनएमबि बैंकसँग मर्जरमा जान भएको सैद्धान्तिक सहमति(एमओयू) अनुसार बोनस सेयर वितरण नगर्ने गरी साधारण सभा बोलाउन नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको हो । ओमले प्रस्तावित सो मात्राको बोनस सेयर वितरण गर्दा एमओयूको बुदा नम्बर २५ अनुसार सेयर स्वाप रेसियोमा असर पर्ने भएकाले उक्त बोनस वितरण नगर्ने निर्णय गरेको हो । ओमले गत आर्थिक वर्ष(२०७४/७५)को …
पुरा पढ्नुहॊस »वार्षिक साधारणसभाको १५ दिन नहुँदै कुमारी बैंकले बोलायो विशेष सभा
काठमाडौं । वार्षिक साधारणसभा भएको १५ दिन नहुँदै कुमारी बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंकले जेठ ३१ गते डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा दिउँसो १२ः३० बजे बस्तेगरी विशेष साधारणसभा बोलाएको हो । बैंकले दुई साता अघि अर्थात् बैशाख २६ गते मात्रै साधारणसभा सम्पन्न गरेकाे थियाे तर सञ्चालनक समितिकाे निर्वाचन हुन सकेकाे थिएन । सञ्चालकमा महिला प्रतिनिधित्वको सुनिश्चिताको माग गर्दै एक महिलाले अदालतमा रिट दायर गरेपछि अदालतले सञ्चालकको निर्वाचन गर्न रोक …
पुरा पढ्नुहॊस »नेपाल बङ्गलादेश बैंकको शाखा सिरहा र सर्लाहीमा
काठमाडाैँ । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ । उक्त शाखाहरुकोे उद्घाटन सम्बन्धितनगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरेका हुन् । जेठ ७ गतेदेखि सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवा शाखा कार्यालय सञ्चालन गरेको हो ।
पुरा पढ्नुहॊस »सिटिजन लाइफको नयाँ शाखा कलैयामा
कलैया । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा बाराको कलैयामा संचालन गरेको छ । ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उक्त नयाँ शाखाको उद्घाटन गरेका छन् । कलैयाका स्थानियहरुलाई बिमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बिमाशुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ ।
पुरा पढ्नुहॊस »शंकर देब क्याम्पसमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं । ग्लोबल आइएमई बैंक र शंकर देब क्याम्पस बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकको एक्सनेन्सन काउन्टर शंकर देब क्याम्पसमा रहनेछ । उक्त सम्झौता पत्रमा शंकर देब क्याम्पसका प्रमुख कृष्ण प्रसाद आचार्य र ग्लोबल आइएमई बैंक किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुरुप ग्लोबल आइएमई बैंकले शंकर देब क्याम्पसमा प्राप्त हुने सम्पुर्ण शुल्क संकलन गर्ने, क्याम्पसलाई प्राप्त …
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंकबाटै डिम्याट खाता खाेल्न मिल्ने, असारसम्म नि:शुल्क
काठमाडौं । कामना सेवा विकास बैंकले निक्षेप सदस्य सम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब ग्राहकहरुले यस बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन् । साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केटको …
पुरा पढ्नुहॊस »सिरहा र सर्लाहीमा नेपाल बङ्गलादेश बैंकको शाखा बिस्तार
काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ । जेठ ७ गतेदेखि सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवा शाखा कार्यालय सञ्चालन गरेको हो । उक्त शाखाहरुकोे उद्घाटन सम्बन्धितनगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरेका हुन् ।
पुरा पढ्नुहॊस »कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रभु बैंक लि. ले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा शुक्रबारदेखि चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले शाखा उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ । …
पुरा पढ्नुहॊस »