काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट कुनै पनि बीमा लेख लिएका बीमितले काठमाडौं धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार गराउँदा स्वास्थ्योपचार सेवामा १० प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहॊस