कांग्रेस बैठकद्वारा शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसके पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले ढुंगानाको निधनमा मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र १३औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।कांग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा मंसिर २ गते भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको उल्लेख गरेको छ ।

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख थिए । त्यसैगरी उनी वि.सं. २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए । नेपाली कांग्रेसको विभिन्न पदमा रहेर उनले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रुपमा समेत उहाँको सक्रिय भूमिका रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय योजना आयोगको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोगमा मुख्य सचिवसरहको पदमा हालै सरुवा भएका अर्यालले सोमबार राजीनामा बुझाएका हुन् ।

प्रतिकृया दिनुहॊस