महालक्ष्मी विकास बैंकको भैरहवा शाखाद्धारा बालगृहलाई सहयोग

काठमाडाैँ । २५ औं वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले लुम्बिनी रोडमा अवस्थित सिद्धार्थ बालगृहमा सहयोग गरेको छ । वार्षिक उत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामान वितरण गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले बताए ।

कार्यक्रममा बोल्दै प्रमख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बालगृहमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले मन्दिरमा पूजा गर्नु भन्दा अभिभावकबिहीन बालबालिकालाई सहयोग गर्नु पुनित कार्य हुने बताइन् ।

उपप्रमुख काफ्लेले महालक्ष्मी विकास बैंकले स्थापना काल देखि नै सहज र सरल बैंकिङ सेवा प्रदान गर्दै आएको भन्दै प्रशंसा गरिन् ।

बैंकका सञ्चालक राहुल अग्रवालले देशको ठूला विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक पनि भएको बताए । उनले सबै क्षेत्रमा बैंकको पहुँच पुग्ने गरी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए ।

सिद्धार्थ बालगृहका सञ्चालक कृष्णमाया गुरुङले बालगृहमा रहेका बालबालिकालाई मध्यनजर गर्दै बैंकले खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गर्नु प्रशंसनीय रहेको बताइन् ।

महालक्ष्मी विकास बैंकका पूर्व कर्मचारी कृष्ण श्रेष्ठले बैंकले विगत देखि नै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । बैंकका कर्मचारी शोभाखर भट्टराई को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । देशभरी ९३ शाखाबाट महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री