Tag Archives: featured

सांग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाद्धारा ‘खोलौँ खाता अभियान’ सम्पन्न

काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंकको धादिङस्थित गल्छी शाखाले खाता खालौँ नामक घरदैलो अभियान सम्पन्न गरेको छ । बैंकले आफ्नो सेवा सुविधाको बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले साताव्यापी कार्यक्रम सम्पन्न गरेको हो । शाखा प्रमुख गौरव काफ्लेको संयोजकत्वमा सम्पन्न कार्यक्रमअन्तर्गत हालसम्म बैंक खाता नखोलेका नागरिकता भएका सर्वसाधारणको निशूल्क रुपमा शून्य मौज्दातमा खाता खोलिएको छ । बैंकले देशभर छरिएर रहेका ८७ शाखामार्फत छिटो, छरितो, सरल तवरले न्युनतम ब्याजदरमा कर्जा सुविधा, बचततर्फ आकर्षक …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका थप २ शाखा सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १५ स्थित डल्लु शाखाको जेठ ६ र वडा नं १६ स्थित नयाँबजार शाखाको जेठ १२ गते उद्घाटन गरेको छ । डल्लुशाखाको काठमाडौं निर्वाचन क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठले र नयाँँबजार शाखाको बैंकका सञ्चालक समितिका सदस्य राजेशकुमार रौनियारले उद्घाटन गरेका हुन् ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताएका छन् । उनले महालक्ष्मी …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्सले बनेपामा खोल्यो नयाँ शाखा

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बनेपामा नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको परिचय, समग्र अवस्था, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी दिएका छन् । प्रधान कार्यालय सहित कम्पनीको हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखा मार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकलाई निदान हस्पिटलमा १५% सम्मको छुट

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र पुल्चोकस्थित निदान हस्पिटल लिमिटेडका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र निदान हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधानले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता–पत्र अनुसार निदान हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५% सम्मको …

पुरा पढ्नुहॊस »

सानिमा जेनरल इन्स्योरेन्सका निर्जीवन बिमा योजनाहरु ज्योति विकास बैंकबाटै लिन सकिने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त कम्पनीको निर्जीवन बिमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बिमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकका …

पुरा पढ्नुहॊस »

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा मेगा बैंकको एटीएम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई धेरै भन्दा धेरै बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिस्तार भएपछि मेगा बैंकको एटीएम संख्या ९९ पुगेको छ । सन् २०२० को नेपाल भ्रमण बर्षलाई पनि ध्यानमा राखेर बिमानस्थलमा विस्तार गरिएको …

पुरा पढ्नुहॊस »

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा संचालन

सुनसरी । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले सुनसरीको पानवारीमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका वडा न. ६ मा रहेको शाखाको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरे ।  योसमेत गरी बैंकको शाखा संख्या २१९ पुगेको छ । उक्त शाखाको कारोबार भने गत बैशाख ३० गतेबाट संचालन भएको थियो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

डडेलधुरामा माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैंकिङ्ग सेवा, संख्या १०० पुग्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजय मेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका-७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा …

पुरा पढ्नुहॊस »

अब एक्सेल डेभलपमेन्ट बैंकबाटै एशियन लाईफको जीवन बीमा किन्न पाइने

काठमाडौं । अब एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा खरिद(किन्न) गर्न पाइने भएको छ । एशियन लाईफ ईन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने भएका हुन् । एशियन लाईफले जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एक्सेलसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल …

पुरा पढ्नुहॊस »

सनराइज बैंकले एकैसाथ खोल्यो ४ शाखारहित बैंकिङ्ग सेवा, हेरौँ कहाँ कहाँ ?

काठमाडौं । सनराइज बैंक लिमिटेडले एकैसाथ ४ वटा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले रुपन्देहीको पर्साहवा र मझौली, महोत्तरीको खयरमारा र सिराहाको रामपुर बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरी शुरू गरेको हो । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त शाखा विस्तार गरेको हो । त्यस्तै, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग …

पुरा पढ्नुहॊस »