वार्षिक साधारणसभाको १५ दिन नहुँदै कुमारी बैंकले बोलायो विशेष सभा

काठमाडौं । वार्षिक साधारणसभा भएको १५ दिन नहुँदै कुमारी बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंकले जेठ ३१ गते डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा दिउँसो १२ः३० बजे बस्तेगरी विशेष साधारणसभा बोलाएको हो ।

बैंकले दुई साता अघि अर्थात् बैशाख २६ गते मात्रै साधारणसभा सम्पन्न गरेकाे थियाे तर सञ्चालनक समितिकाे निर्वाचन हुन सकेकाे थिएन ।  सञ्चालकमा महिला प्रतिनिधित्वको सुनिश्चिताको माग गर्दै एक महिलाले अदालतमा रिट दायर गरेपछि अदालतले सञ्चालकको निर्वाचन गर्न रोक लगाएपछि यस्तो निर्वाचन हुन सकेको थिएन ।

त्यसरी रोकिएको सञ्चालक निर्वाचन गर्नकै लागि कुमारीले उक्त साधारणसभा बोलाएको हो । सो साधारणसभाको प्रयोजनको लागि बैशाख २० गतेलाई बुकक्लोज मिति तय गरिएको छ । सो दिनसम्म शेयर होल्डिङ गर्नेहरु निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री