अब एक्सेल डेभलपमेन्ट बैंकबाटै एशियन लाईफको जीवन बीमा किन्न पाइने

काठमाडौं । अब एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा खरिद(किन्न) गर्न पाइने भएको छ । एशियन लाईफ ईन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने भएका हुन् ।

एशियन लाईफले जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एक्सेलसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस