सानिमा जेनरल इन्स्योरेन्सका निर्जीवन बिमा योजनाहरु ज्योति विकास बैंकबाटै लिन सकिने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त कम्पनीको निर्जीवन बिमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बिमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस