कञ्चनपुरको कृष्णपुरमा एनसीसी बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले शुक्रबार संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले ताम्रपत्र अनावरण गरे ।

उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका प्रबन्धक रविन्द्र केसीले उपस्थित प्रमुखअतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित भएर विभिन्न …

प्रतिकृया दिनुहॊस