कैलाश विकास बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा १० % छुट

काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सुमेरु अस्पतालका तर्फबाट संचालक दिलिप डंगोेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा सुमेरु अस्पतालले यस बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा १० प्रतिशत छुट सुविधा प्रदान गर्नेछ ।

हालसम्म शाखा संख्या ९० पुगेका छन् भने एटिएम संख्या ३४ पुगेको छ । निकट भविष्यमा देशका बिभिन्न ७ स्थान शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस