Tag Archives: featured

सनराइज बैंकको शाखा काठमाडौंको नैकापमा

काठमाडौं । सनराइज र्बैकले काठमाडौंको नैकापमा ११६ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा र एटिएमको उद्घाटन चन्द्गागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका संचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा गरे । बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा एटिएम मार्फत सेवा दिदैं आएको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक

नम्रता श्रेष्ठको चलचित्र  ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ ।आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमोन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले  प्रदेश न १ धरान, वडा नं .१४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्नेछ । बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले …

पुरा पढ्नुहॊस »

प्राइम बैंकको निमित्त सिईओमा सन्जिव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्शियल बैंकको निमित्त सिईओमा सन्जिव मानन्धर नियुक्त भएका छन् । राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त भएपछि बैंक संचालक समितिको बैठकले  सन्जिव मानन्धरलाई निमित्त सीईओमा नियुक्त गरेको हो । नव नियुक्त मानन्धर यसअघि प्राइम बैंकमै जनरल म्यानेजरको भूमिकामा रहेका थिए ।

पुरा पढ्नुहॊस »

सनराइजको शाखारहित बैंकिङ्ग सेवा झापाको हलदीबारीमा

काठमाडौँ । सनराइज बैंकले झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २ मा ३८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरु गरेको छ । उक्त  शाखा  रहित बैंकिङ्ग सेवाको  उद्घाटन  हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले  गरे  । साथै ,समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सर्बधन तामाङ्लाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय स्थानान्तरण भएको छ । हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको हो । कार्यालय स्थानान्तरण  समारोहमा बैंकका संचालक भीमप्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रीय प्रमु्ख सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरुको उपस्थिति  थियो ।

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्याँसको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ । अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ, डिजेलको प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ भने  एलपी ग्यासको खुद्रा विक्री मूल्य १३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको …

पुरा पढ्नुहॊस »

आइएमईको ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’ बुटवलमा सार्वजनिक गरेको छ । सार्वजनिक योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन् । यस  योजना सार्वजनिक भएसँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कम्पनीले जनाएको छ । योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था इन्स्योरेन्सले गरेको छ …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds