डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्याँसको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ ।

अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ, डिजेलको प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ भने  एलपी ग्यासको खुद्रा विक्री मूल्य १३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds