काठमाडौँ । १२ औं बार्षिकोत्सबको अवसरमा सनराइज बैंक दमौली शाखाले बुधबार ब्यास नपा वडा नं २ स्थित केराघारी आधारभूत स्वास्थ्य चौकी र सामाधान हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । व्यास नपा वडा नं २ का वडाध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सनराइज बैंक लिमिटेड दमौली शाखाका शाखा प्रमुख किर्तीमान राणाले संचालन गरेका थिए । २०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा …
पुरा पढ्नुहॊस »कामना सेवा र बिओके क्यापिटल बीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बीचमा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र …
पुरा पढ्नुहॊस »लोक सेवा आयोगको राजश्व संकलन गर्ने एनआईसी एशिया बैंकले गर्ने
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एन आई सी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ । सो सम्झौताअनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एन आई सी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सकिन्छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार …
पुरा पढ्नुहॊस »प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मदन भण्डारी मेमोरियल ऐकेडेमीमा सञ्चालन
काठमाडौं । प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । ] मदन भण्डारी मेमोरियल ऐकेडेमीमा अध्ययनरत विध्यार्थीले अब प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्र्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि सेवा विस्तार गर्न सफल भएको छ ।
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पतालबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पताल प्रा.लि.बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात नारायणी बयोधा, वीरगञ्जमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्धारा बाढीपीडितलाई सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले यही भदौ ३१ गते बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको छ । मुक्तिनाथ विकास बैंकले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र मुक्तिनाथ …
पुरा पढ्नुहॊस »जनता बैंकद्वारा विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण
काठमाडौं । जनता बैंकले लमजुङको दोर्दी गाउँपालिका हिले बजार स्थित फलेनी मा.वि.का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । उक्त विद्यालयमा गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका हुन् । विद्यालयमा अयोजित एक कार्यक्रमका बिच लमजुङ जिल्लाको विकट भौगोलिक अवस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो ।
पुरा पढ्नुहॊस »सनराइज बैंकको १२ औँ वार्षिकोत्सव, १५० भन्दा बढीले गरे रक्तदान
काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले काठमाडौको गैरीधारा स्थित प्रधान कार्यालयबाट कार्यक्रमको सुरुवात गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । बैंकले काँकडभिट्टा, लहान र बुटवल शाखामा पनि रक्तदान कार्यक्रम गरेको छ । बुधबार बैंकले आयोजना गरेको कार्यक्रमहरुमा १५० भन्दा बढीले रक्तदान गरेका छन् । बैंकले असोज महिनालाई १२ औं …
पुरा पढ्नुहॊस »एभरेष्ट इन्स्योरेन्सको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए । एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतले भने-‘यस वर्ष हामीले नदिएको होइनौ हामीसँग नै नभएको अवस्था भएर लगानीकर्ताले केही नपाउनु भएको हो ।’ तर …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको पीओएस सेवा सुचारु, कार्डबाट कारोवार गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल पीओएस मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ । यस सँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल मेशिनहरुबाट कारोबार गर्न सकिनेछ । यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा …
पुरा पढ्नुहॊस »