Tag Archives: featured

आगामी कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले वताएकाे छ । मन्त्रालयले शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ …

पुरा पढ्नुहॊस »

दसैँमा आइएमईमा डबलको डबलको डबल अफर; पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

काठमाडौं । सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् । सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत सेवाग्राहीद्वय तामाङ्ग र नगरकोटी विजेता घोषित भएका हुन् । सेवाग्राहीद्वयले क्रमसः मलेसिया र जापानबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आइएमईको दसैँ अफर अन्तर्गत सेवाग्राही दुवैले आफुले पठाएको रकमको चार गुणाबढी रकम प्राप्त गरेका छन् । त्यस्तै आइएमईका …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको शाखा मोरङको पुष्पलालचोकमा

काठमाडाैं । सिभिल बैंकले नयाँ शाखा मोरङको जिल्लाको  पुष्पलालचोकमा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् । सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु.२५ हजारको चेक पनि हस्तान्तरण गरेका  थिए ।  

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकद्वारा ३० युवालाई निःशुल्क प्रशिक्षण दिने

काठमाडौैं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका  स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो । व्यवस्थापन विषयमा उत्कृष्ट अङ्कका साथ स्नातकोपाधि वा स्नातकोत्तर गरेका युवाले तालीमका निम्ति राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा गएर अनलाइन फाराम भर्न  सकिने …

पुरा पढ्नुहॊस »

अपरेशन गर्दा टाउकोमा चोट लागेका नवजात शिशुको मृत्यु

गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरीले जानकारी दिएकाे छ । टाउकाे काटिएपछि तीनवटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार सवा ७ बजे मृत्यु भएको वताइएकाे छ। सुत्केरी आमाको अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन

काठमाडौं । पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ । ७९ वर्षे राणाको मेडिसिटी अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले वताएकाे छ । राणा लामो समयदेखि मुटु रोगबाट पीडित थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि अर्थमन्त्री बनेका थिए । व्यवस्थापन अर्थशास्त्रका अध्यापक राणा पुराना पुस्ताका अर्थशास्त्रीको रुपमा चिनिन्थे । स्वर्गीय राणाका श्रीमती र २ छोरा छन् ।

पुरा पढ्नुहॊस »

सिभिल क्यापिटल मार्केटको ११औं साधारण सभा कात्तिक २२ गते

काठमाडौं । सिभिल क्यापिटल मार्केटको एघारौं साधारण सभा कात्तिक २२ गते हुने भएको छ । कम्पनीले सिटीसी मल, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको एघारौं वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक

काठमाडाैं । बुधबारदेखि लागु हुने गरी बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने भएको छ भने बचत ४ देखि ६ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले तीन महिनादेखि ६ महिना अवधिसम्मकाे संस्थागत निक्षेपमा ७.५० प्रतिशत, ६ महिनादेखि १वर्षकाे निक्षेपमा ८ प्रतिशत, १ वर्ष भन्दा माथिकाे निक्षेपलाई ८.५० प्रतिशत ब्याजदर तोकेको छ । आधारदर ६ प्रतिशत …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकका ग्राहकलाई थाइल्याण्डको समितिभेज हस्पिटलमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र थाइल्याण्डको समितिभेज हस्पिटल बीच बैंकका भिसा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेसको तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पुरा पढ्नुहॊस »

सानिमा बैंक एजीएमः १० प्रतिशत वोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले आश्विन २९ गते बुधबारका दिन १५ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा रु २.२६ अर्व खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६ …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds