खेल

मलेसियासँग हारेपनि नेपाल फाइनलमा

काठमाडौं । चार देशको महिला टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आयोजक मलेसियासँग ६ विकेटको हार बेहोरेको छ । नेपालले दिएको ८४ रनको लक्ष्य पछाएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाले प्रभावित भएको खेल २० ओभरबाट घटाएर १८ ओभरमा झारिएको थियो । यो हारपछि पनि नेपाल फाइनलमा भने …

पुरा पढ्नुहॊस »

साम्बा सम्मिलित रानाना सेमिफाइनलमा पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको सेमिफाइनलमा पराजित भएको छ । बिहीबार राती भएको सेमिफाइनल खेलमा किर्यात गातसँग पराजित भएपछि रानानाको फाइनलको सपना चकनाचुर भएको हो । इजरायलको लिग च्याम्पियन किर्यात गातले ३-० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गर्यो । नेपाली फरवार्ड साम्बाले बलियो प्रतिद्वन्द्वीविरुद्ध केहि अवसर पाएपनि विपक्षी गोलरक्षक बाधक बन्दा गोल …

पुरा पढ्नुहॊस »

मेस्सीको कप्तानीमा रहेको इन्टर मायमी यूएस ओपनको फाइनलमा

काठमाडौँ । इन्टर मियामी युएस ओपन कपको फाइनलमा पुगेको छ । विहिबार विहान सम्पन्न सेमिफाइनल खेलमा इन्टर मियामीले सिनसिननाती क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको हो । यसअघि निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवैले १-१ गोल गरेपछि खेल ३-३ खेलको बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । यस खेलमा इन्टर मियामीले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरी गरेर …

पुरा पढ्नुहॊस »

चार देशको महिला टी- २० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडाैँ । मलेसियामा जारी चार देशको टी- २० क्रिकेट सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले बुधबार सम्पन्न खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको हो । नेपालले दिएको ९० रनको लक्ष्य पछाएको कुवेतको महिला टिमले २० ओभरमा ८ विकेट गुमाउदै ५५ रन मात्र बनाएपछि नेपाल ३४ रनले विजयी भएको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाली महिला टिमले २० ओभरमा ८ विकेट गुमाउदै ८९ …

पुरा पढ्नुहॊस »

महिला टी-२० सिरिजमा नेपालको विजयी शुरुवात

काठमाडौं । नेपालले मलेसियामा आजदेखि शुरु भएको चार देशको टी- २० क्रिकेट सिरिजको पहिलो खेलमा हङकङलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । हङकङले दिएको ८५ रनको लक्ष्य पछाएको नेपाललले १५.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेर ६ विकेटको शानदार जित हासिल गरेको हो । यसअघि हङकङले पहिला ब्याटिंग गर्दै १९.१ ओभरमा ८४ रन बनाएर अल आउट भएको थियो । हङकङविरुद्ध नेपाली अलराउण्डर सिता रानामगरले ४ ओभरमा १६ रन …

पुरा पढ्नुहॊस »

फुटबलर विमल घर्ती मगरले प्रेमिका लिनासँग गरे विवाह

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगरले पाँच बर्ष लामो प्रेम सम्बन्धलाई सफल बनाउँदै विवाह गरेका छन् । विमलले प्रेमिका लिना प्रधानसँग आज काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका हुन् । विमलले दुवै पक्षका परिवारको उपस्थितिमा विवाह गरेको जानकारी दिए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट शुक्रबार बाहिर निस्किएका उनले विवाहबारे साथीहरुलाई समेत जानकारी दिएका थिएनन् । विमल हाल सालै मात्र एफसी कप छनोट खेलेर भारतबाट फर्किएका हुन् । एन्फा एकेडेमीका …

पुरा पढ्नुहॊस »

इंग्ल्यान्डलाई स्तब्ध पार्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं । स्पेनले पहिलो पटक महिला फुटबल विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । स्पेनको जितमा खेलको २९औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलको ६९औं मिनेटमा स्पेनले पाएको पेनाल्टीलाई इङल्याण्डकी गोलकिपरले बचाएकी थिइन् । यसअघि घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश …

पुरा पढ्नुहॊस »

मेस्सीको कप्तानीमा इन्टर मियामीले जित्यो लिग कपको उपाधि

काठमाडौँ । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले एमएलएस लिग कपको उपाधि जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले पेनाल्टी सुटआउटमा नाशभिल्ले फुटबल क्लबलाई १०-९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको हो । यसअघि सम्पन्न ९० मिनेटको निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी गरेका थिए । इन्टर मियामीका लागि लियोनेल मेस्सीसीले खेलको २३औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने नाशभिल्लेका लागि खेलको …

पुरा पढ्नुहॊस »

युरोपेली प्रतियोगिताको डेब्युमै साम्बाले गरिन् गोल

काठमाडौं । फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले डेब्यु खेलमै गोल गरेकी छन् । योसँगै हापोएल रानानाले नयाँ सिजनमा विजयी सुरुवात गरेको हो । अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गर्‍यो । रानानाका लागि आदि गोल्डेन र साम्बाले १/१ गोल गरे । सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् । क्लबले अब प्रतियोगिताको अर्को चरणमा प्रतिस्पर्धा गर्नेछ ‌। उक्त खेल सोमबार …

पुरा पढ्नुहॊस »

म्यानचेस्टर सिटीले जित्यो युइएफए सुपर कपको उपाधि

काठमाडौँ । म्यानचेस्टर सिटीले युइएफए सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै पहिलो पटक युइएफए सुपर कपको उपाधि जितेको हो । निर्धारित समयमा १-१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलको २५औं मिनेटमा योउसेफ नेसयरीको गोलमा अग्रता लिएको सेभियाले खेलको ६३औं मिनेटमा गोल खाएपछि खेल बराबरी भएको थियो । सिटीका लागि कोल पाल्मरले गोल …

पुरा पढ्नुहॊस »