समाचार

‘आँखा पाकेका’लाई उडानमा कडाइ (सूचना)

काठमाडौँ । नेपाल वायु सेवा निगमले आँखा रातो हुने (पाक्ने) रोगबाट सतर्क रहन यात्रुहरूलाई अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गरी निगमले यात्रुहरूलाई सो आग्रह गरेको हो । निगमले कोही यात्रुमा उडान पूर्व आँखा रातो हुने (पाक्ने) लक्षण देखापरेमा आधिकारिक चिकित्सकीय निकायबाट सो रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चितता गर्ने प्रमाण पेश गर्न समेत अनुरोध गरेको छ । सूचनामा भनिएको छ, ‘यदि कोही यात्रुमा उडान पूर्व आँखा …

पुरा पढ्नुहॊस »

संसद् बैठक आज : चल्ने/नचल्ने एमालेमा निर्भर

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी …

पुरा पढ्नुहॊस »

पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल नेपालको मौसममा विहारको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ । जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको …

पुरा पढ्नुहॊस »

सीआईबीले दियो सभामुखलाई सांसद सुनिल शर्मा पक्राउ परेको जानकारी

काठमाडौं । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई  पक्राउ गरेको बारे संसद् सचिवालयलाई जानकारी गराएको छ । सीआईबीले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको हो । सीआईबीले संसद् सचिवालयलाई पठाएको पत्रमा प्रमाणपत्र तहको  शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले पक्राउ गरिएको उल्लेख छ । साथै सीआईबीले शर्मा जिल्ला मोरङ-३ का नेपाली काँग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्ष …

पुरा पढ्नुहॊस »

सांसद शर्मामाथि ‘प्लस-टु’को शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको सांसद सुनिल शर्मामाथि ‘प्लस-टु’को शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाइएको छ । उक्त प्रमाणपत्र किर्ते गरेकै आरोपमा सांसद शर्मा पक्राउ परेका हुन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य रहेका सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको मुद्दामा पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा उनी निर्वाचित भएका थिए । उनले एक क्विन्टल सुन तस्करी …

पुरा पढ्नुहॊस »

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शर्मालाई पक्राउ गरेको हो । शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन । तर शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको स्रोतको भनाई छ । सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग …

पुरा पढ्नुहॊस »

कानुनमन्त्री गुरूङ अस्वस्थ्य, अस्पताल भर्ना

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार उन ब्लड प्रेसर लो भएको थियो । ‘ब्लड प्रेसर लो हुँदा स्वास्थ्य समस्या भएको हो । अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ । चेकअफ भइरहेको छ,’ केसीले भने । स्वास्थ्य अवस्था भने सामान्य रहेको उनको भनाइ …

पुरा पढ्नुहॊस »

रातो नम्बर प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी चालकको प्रदर्शन

काठमाडौँ । दुई तथा चार पाङ्ग्रे रातो नम्बर प्लेटको गाडीले यात्रु बोकेको विरोधमा ट्याक्सी चालकले प्रदर्शन गरेका छन् । उनीहरूले बिहान मीन भवनस्थित यातायात व्यवस्था विभागअगाडि प्रदर्शन गरेका हुन् । नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको अगुवाइमा करिब ३०० भन्दा बढी ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै प्रदर्शन गरिएको थियो । उनीहरूले विभिन्न मागसहित विरोध प्रदर्शन गरेका हुन । स्ता छन् मागहरू :-  

पुरा पढ्नुहॊस »

देउवाले बोलाए संसदीय दलको समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने भएको हो । कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाले समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् । बैठक देउवा निवासमा ४ बजे बस्ने …

पुरा पढ्नुहॊस »

नेतृत्वलाई प्रकाशमान सिंहले भने- बहुमत छ भन्दैमा विधि र नियम मिच्नुभएन

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भनेर नियम मिच्न नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले नियम मिच्दा पार्टी भित्रको प्रजातान्त्रिक आचरणमा असर पर्ने बताएका हुन् । उनले आफू यस्तो प्रवृतिविरुद्ध अभियान चलाएर आएको मान्छे भएको र त्यस्तो कार्यलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, ‘वर्किङ कमिटीमा आफ्नो बहुमत छ भन्दैमा विधि …

पुरा पढ्नुहॊस »