काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने भएको हो ।
कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाले समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् । बैठक देउवा निवासमा ४ बजे बस्ने जनाइएको छ ।
तपाईंको प्रतिकृया




