कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शर्मालाई पक्राउ गरेको हो ।

शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन । तर शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको स्रोतको भनाई छ ।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस