समाचार

खोजेको बेला उपस्थित हुने सर्तमा छुटे व्यवसायी रोहन अडुकिया

काठमाडौं । अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । शुक्रबार दिल्लीबाट काठमाडौं आउँदै गर्दा अध्यागमनले नियन्त्रणमा लिएका डुकिया शनिबार बिहान ११ बजेतिर  छुटेका हुन् । राजश्व अनुसन्धान विभागको सिफारिसमा अडुकियालाई एक सय किलो सुन तस्करी प्रकरणमा कालोसूचीमा राखिएको थियो । त्यसअनुसार नै शुक्रबार काठमाडौं आएपछि उनलाई अध्यागमनले पक्राउ गरेको थियो । खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई छाडिएको हो । रोहन अडुकिया व्यापारी राकेश अडुकियाका छोरा हुन् …

पुरा पढ्नुहॊस »

रिहापछि सुनिल शर्माले भने- प्रचण्डले गुनको पैँचो हतकडी लगाएर तिर्नुभयो, यो गठबन्धन तोड्न माग गर्छु

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्री सुन तस्करको संरक्षक भएको पुनः दोहोर्‍यायाएका छन् । जिल्ला अदालत काठमाडौँले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि शुक्रबार साँझ सीआईबीले छाडे लगतै उनले सञ्चारकर्मी र शुभेच्छुक माझ आफ्नो पुरानो अडान कायम रहेको बताएका हुन् । न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शैक्षिक प्रमाण पत्र किर्तेको आरोप लगाउँदै बिहीबार काठमाडौँको गल्फुटारबाट पक्राउ गरेको थियो …

पुरा पढ्नुहॊस »

फेरि भारी वर्षा, कहाँ-कहाँ छ जोखिम ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार …

पुरा पढ्नुहॊस »

सांसद शर्माको पक्राउ अनुचित र आपत्तिजनक : कांग्रेस संसदीय दल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो । ‘यो आपत्तिजनक र अप्रत्यासित छ । दलको बैठक जारी छ । यसबारेमा हामी थप अध्ययन, छलफल गरेर आइतबार निर्णय गर्छौ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भने । नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा प्रहरीले …

पुरा पढ्नुहॊस »

कांग्रेस सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा हुने भएका छन् । उनलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो । उनीमाथि यसअघि नै सफाइ पाइसकेको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोग ब्युँताउँदै सीआईबीले बिनापूर्जी पक्राउ गरेकाे थियाे । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै सीआईबीले सरकारी वकिलको …

पुरा पढ्नुहॊस »

सुन काण्डमा समातिएका रोहन १६ महिनामा ४१ पटक नेपाल-भारत ओहोरदोहोर

काठमाडौँ । अध्यागमन विभागको टोलीले पक्राउ गरेको भारतीय नागरिक रोहन अडुकियाले १६ महिनामा ४१ पटक नेपाल आउजाउ गरेको देखिएको छ । भारतबाट नेपाल आउने क्रममा शुक्रबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । २ साउनमा विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामत भएको एक क्विन्टल सुन तस्करीमा उनी समेत संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विभागले अडुकियालाई राजस्व अनुसन्धान विभागमा पठाउने जानकारी गराएको छ । २०७८ चैत …

पुरा पढ्नुहॊस »

सरकार पाकिस्तानी मोडेलमा गएकोले कांग्रेसीलाई छानीछानी दुःख दिइयो : आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापले सरकार पाकिस्तानी मोडलको शासन प्रणालीमा गएको देखिएको बताएकी छन् । उनले विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलतर्फ जान सरकार उद्यत भएको आरोप लगाएकी हुन् । संसदीय दलको बैठकमा धारणा राख्दै उनले यस्तो बताएकी हुन् । डा. देउवाले कांग्रेसका नेतालाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्य भइरहेकोले आफूलाई दुःख लागेको बताइन् । ‘यस्ता मैले भारत पाकिस्तानमा …

पुरा पढ्नुहॊस »

सुन तस्करी प्रकरण : व्यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाटै पक्राउ

काठमाडौं । व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । भारतको नयाँदिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिएका छन् । पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १०० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो । यो प्रकरणमा …

पुरा पढ्नुहॊस »

रास्वपाले संसद अवरुद्ध भएको दिनको सेवासुविधा नलिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सोबारे जानकारी दिएका हुन् । उनले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि बताए । उनले संसद नचलेको अवस्थामा कुनै पनि बेला हामीले हाजिरि मात्र गरेर तलब सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको …

पुरा पढ्नुहॊस »

पर्यटक बसबाट ५२ लाख नक्कली नोट बरामद, छाप्ने मेसिनसहित नौं जना पक्राउ

काठमाडौँ । ५२ लाख बढी नक्कली नोटसहित प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । काठमाडौंको गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण–४ बुढाथोकी गाउँबाट गरी ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली जस्तो देखिने नोटसहित प्रहरीले नौं जनालाई पक्राउ गरेको हो । लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले शंकास्पद काटन फेला पारेको थियो । उक्त काटनमा एक हजार दरका ३ …

पुरा पढ्नुहॊस »