समाचार

दुई जनाको नागरिकता रद्द गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का १८ निर्णय (सूचीसहित)

काठमाडौं – सरकारले झूटो विवरण पेश गरी वंशजका आधारमा लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साउन २३ गते बसेको बैठकले पर्सा र कास्कीबाट प्रदान गरिएका दुई वटा नागरिकता रद्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्साबाट वंशजका आधारमा लिइएको अमन चौधरी (अग्रवाल)को नागरिकता रद्द गरिएको हो । उनले २०७७ कात्तिक २५ गते नागरिकता लिएका थिए । यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने पनि मन्त्रिपरिषद्ले …

पुरा पढ्नुहॊस »

आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए । हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । ‘यो …

पुरा पढ्नुहॊस »

एमाले अवरोधले राष्ट्रिय सभा बैठक पनि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ । अवरोधका कारण बुधबार का लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सासदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए । …

पुरा पढ्नुहॊस »

भाइरल प्रमुख प्रशासकीय अधिकृत निरौलासहित २० उपसचिव र १८ अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतलाई सरुवा गरेको छ । यसमा महिलासँग अनैतिक क्रियाकलाप गरेको भिडिओ लाइभमा परेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासमेत छन् । निरौला मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् भने उनको ठाउँमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ । यस्तो सरुवाहरुको सूची  

पुरा पढ्नुहॊस »

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग …

पुरा पढ्नुहॊस »

कारागारबाट भाग्ने प्रयास गरेका दुई कैदीको मृत्यु

काठमाडाैं । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामी रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी …

पुरा पढ्नुहॊस »

रास्वपाले प्रयोग गरेको वाकीटकीको छानबिन गर्न निर्देशन

काठमाडौं – जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ । एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खटाएको आर.ए.टी नाम दिइएको एउटा समूह परिचालन भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । जाम खुलाउन आर.ए.टी लेखिएका ज्याकेट लगाएर वाकीटकीसहितका युवाहरू खटिएको सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको …

पुरा पढ्नुहॊस »

संसद्मा एमालेको नाराबाजी र वेल घेराउ, बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा संसद्को बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरूले एक क्विन्टल सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गर्दै नाराबाजीसहित बुधबारको बैठकमा संसदमा रोष्ट्रम घेराउ गरे । त्यसपछि सभामुख देवराज घिमिरेले शुक्रबार १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । बैठक स्थगित हुनुअघि बैठकको सुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलबारको …

पुरा पढ्नुहॊस »

विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

काठमाडाैँ । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिए । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल …

पुरा पढ्नुहॊस »

पशुपतिमा रिक्त रहेको पुजारी नियुक्त

काठमाडौं । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरमा रिक्त रहेको एक पुजारी नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ती गर्दै आज(बुधबार) नयाँ पूजारीलाई मन्दिर प्रवेस गराएको परिषदका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए । उनले भने, ‘चार महिना अघि एक पुजारीले राजीनामा गर्नुभएको थियो,’ कार्यकारी निर्देशक खतिवडाले भने,‘रिक्त रहेको एक पुजारी नियुक्त गरेर आजमन्दिर प्रवेस गराएका छौं ।’ नयाँ नियुक्त भएका पशुपतिका पुजारी …

पुरा पढ्नुहॊस »