काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको हो । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उनी बिदामा रहेका थिए । उनी २ महिनादेखि छुट्टीमा छन् । पोखरेल बिदामा रहेकै बेला साउन ३ गते विमानस्थल भन्सारबाट पास भएर …
पुरा पढ्नुहॊस »नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन् । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने बताए । मुलुकको विकासको संवाहकसमेत कांग्रेस भएको जिकिर गर्दै नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्धी कांग्रेसले मात्र दिनसक्ने स्पष्ट पारे । विगत …
पुरा पढ्नुहॊस »नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो : डा. आरजु राणा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन् । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा. राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् । ‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ …
पुरा पढ्नुहॊस »सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरको अवरोध
काठमाडौँ । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको हो । स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो । पार्कमा हिँड्न नपाएको …
पुरा पढ्नुहॊस »विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
काठमाडौं । विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर वाग्मती गाउँपालिका–९ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिलाबहादुर भोलोन रहेका छन् । बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप …
पुरा पढ्नुहॊस »सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारीको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे पदाधिकारी बैठक बोलाएका हुन् । बैठक देउवा निवास धुम्बाराहीमा बस्ने भएको छ । केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा जारी छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ । निर्णयको तयारीका …
पुरा पढ्नुहॊस »रास्वपा जिल्ला संयोजकमाथि पत्रकारलाई थुनेर’ कुटेको आरोप, महासंघद्वारा भर्त्सना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई कुटपिट गरेको आरोप लागेको छ । बझाङमा होटल व्यवसाय पनि सञ्चालन गरिरहेका जिल्ला संयोजक खड्कामाथि पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोप लागेको हो । नेपाल पत्रकार महासंघ बझाङ शाखा विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार सामुदायिक खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण …
पुरा पढ्नुहॊस »चौधकिलोमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट-मुग्लिनतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो । घाइतेमध्ये चालकसहित १८ …
पुरा पढ्नुहॊस »दुईतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको कालिखोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा बिहान ७ बजे पहिरो खसेको थियो । धेरै ठूलो नभएको उक्त पहिरो हटाइएसँगै अहिले दुवै तर्फका सवारी साधन सहज रूपमा गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । चितवनमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ। लगातारको भारी वर्षासँगै उक्त सडकखण्ड अवरुद्ध हुने क्रम बढेको छ …
पुरा पढ्नुहॊस »एयरपोर्टमा ओलीको प्रश्न- गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने ?
काठमाडौँ । कम्बोडिया भ्रमणबाट फर्केका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्तप्रति आपत्ति जनाउँदै सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका हुन् । अध्यक्ष ओलीले गृहमन्त्रीले विमानस्थलको सुरक्षा गर्न नसकेको आरोप लगाए । ‘एयरपोर्टको सुरक्षा गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेको निरीक्षण गर्ने काम उहाँको …
पुरा पढ्नुहॊस »